यो मेरो कथा... यो तिम्रो कथा!

के तिमीले कहिल्यै आफुलाई एक्लो पाएका छौ? के तिमी यो भिडमा कतै हराएका छौ? के तिमी मनमा आँशु राखि मुहारमा मुस्कान बोकेका छौ? कहिले तिमी आफुलाई प्रमानित गर्न दिन रात एक पारेका छौ? के तिमी धेरै सपना बोकि.. कल्पनामा हराएका छौ? के तिमी पलभरको खुशीमा रमाउन... आफ्नो दिनको भोक र रातको निन्द्रालाई भुलेका छौ? के तिमी यी सब छाडि कतै एकान्तमा आफ्नो खोजमा निस्कन चाहान्छौ? यो हिँजोको कथा यो आजको कथा यो भोलिको कथा यो मेरो कथा यो तिम्रो कथा यहि हाम्रो जिन्दगीको कथा...