यात्राको कुरा!

म लामो यात्रामा छु तर हराएको छैन उकाली-ओराली धेरै गर्दै छु तर थाके पनि हारेको छैन सपनाहरु कति टुटेका छन् तर सपना देख्न छोडेको छैन यसैबीच लक्ष्यमा पनि पुगेको छु तर त्यतिमै रोकिएको छैन खुसीका क्षेणहरु आएका छन् तर मातिएको छैन दुखले मन चरक्क चस्किएको छ तर आत्तिएको छैन मिलन-बिछोड पनि भोगेको छु तर त्यतिमै भुलेको छैन म लामो यात्रामा छु लक्ष्यमा पुग्ने सपना छोडेको छैन त्यसको लागि चाहिने मिहिनेत रोकिएको छैन!