नेपाल सेरोफेरो!

पञ्चायतमा बनेका योजना, अहिले पुरा हुँदा गर्भ गराउने मेरा प्यारा नेताहरु वर्षाले डुवानमा आम जनता पर्दा, पाँचतारेमा सहयोगको याँचना गर्ने मेरा जनताप्रेमी नेताहरु सिमानामा मुसाले प्वाल पार्दा राजधानीमा वीर गोर्खालीको नारा लगाउने म जस्ता लाखै देशभक्त देशप्रेमीहरु आफ्नो लागि घर बनाउँदा, आगननै बेच्न बाध्य लाचारीको ऋणमा डुबेका देशबासीहरु सिंगापुर र स्विट्जरल्याण्डको सपना देखाउने, ढलको कुण्डमा पवित्रता प्रस्तुत गर्ने चिल्ला गाडीमा सयर गर्न, हाम्रा निकै गरिब नेताहरु चर्चामा आउन ईज्जत दाउमा लगाउने, दुखकष्ट त्याग्न PR लिएर विदेशिएका नेपाललाई अत्तिनै माया गर्ने, उहि आफ्नै परदेशी मायालुहरु देशमा रोजगारीको चर्चा चल्दा, बाकसमा फर्कने, ज्यानको किमत नभएका मज्दुर नेपालीहरु बलत्कारीको सिकारमा पर्ने नारीहरुलाई नै दोषी करार गरि सजाए सुनाउने, ‘जनकको देश’ भन्न नछाड्ने न्यायपलिकाहरु आफुले खासै गर्न केहि नसकेपनि आफ्नो पुर्खामा निकैनै घमण्ड गरि, मोजमा रमाउने अहिलेका वीर नेपालीहरु पाँऊ देखि सिरसम्म सब विदेशी भएका, लवजमापनि विदेश मिसिएका तर बुद्धको देश नेपाल भन्न नछाड्ने, बुद्धको ज्ञान बिर्सेका, शान्तिका प्रतिक नेपालीहरु गरिबी र जातको आडमा धर्म बेच्न लगाउने दुई छाककै लागि बेचिन बाध्य, तर ईज्जतको कुरा चल्दा, सब भन्दा ईज्जतिला बासीहरु यस्तै र उस्तैमा जीवन बितिजाने, मबाट सुरु भएर म मै सकिजाने, मेरो प्यारो नेपाल सेरोफेरो!!