नेपाल कोर्दै छु!

आज म शब्दरचना माझ नेपाल कोर्दै छु सुर्य र चन्द्र माझ शान्ति खोज्दै छु बर्खे लहराहरु माझ विकासे झरि खोज्दै छु हजारौँ भाका माझ आफ्नै लोक-झ्याउरे भाका रोज्दै छु सुख-सयलको दुनिया छाडी आज आफ्नै स्वर्गलोक, मेरो प्यारो देश रोज्दै छु मिहिनेतको पसिना अलि धेरै बगेपनि आन्नदित मनको साथ, पाउने दुई छाक रोज्दै छु चन्द्र र मंगलमा पुग्ने विश्व छाडी म, विश्वको ताज पहिरेको मेरो देश नेपाल रोज्दैछु आज म शब्द रचना माझ मेरो आफ्नै सुन्दर र शान्त देश नेपाल कोर्दै छु।।