मिठा पल!

साँझ पख क्षितिजमा डुब्न लागेको घाम तिम्रो साथ, ती मिठा बात, घरतिर फर्कन लागेका चराहरुको ताँतीको लाम, जलेको बादलको रङ्ग, शिर्रशिर्र चल्ने बतास, बतासले ल्याएको चिसो, र अङ्गालोमा बाधिने बाहाना, माछाहरुको छ्यप्याङ्ग छुप्लुङ्ग, चराहरुको चिरबिर धुन, बतासले भर्ने पातपतिङ्गरमा सङ्गित, र त्यसै सङ्गितको गहिराइमा डुब्ने मन, त्यो कलिलो साझँ, अनि चन्चल मन, चन्चलतामा लुकेको माया, अनि तिम्रो साथ, ती मिठा पल!